• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

नेविसंघ कार्यसमितिको म्याद थप, तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिईने



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ ।

आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिईने छ ।

संघको विधान अनुसार बुधबार राति १२ बजेपछि नेविसंघको केन्द्रीय समिति भंग हुँदै थियो तर आउँदो माघ १० गते पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म यहिलाई निरन्तरता दिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी हालको नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने शमौले बताए ।

यसअघि पटक–पटक म्याद थप भएको मितिमा १४ जिल्ला भन्दा अरुमा वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद चुलिएको थियो ।