१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात मिलाउँदै हुनुहुन्छ, होसियार ! आयो यस्तो खतरानाक रोग



अ+ अ-

काठमाडौं । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा वढी ज्वरोको साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस्। चिकित्सकहरुको सुझाब छ, ‘सकभर हात नमिलाउनुस्, नमस्कार मात्र गर्नुस्।’
श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने सक्रामक रोग सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसिरदेखि २६ पुससम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍याल परिक्षण गर्दा एक सय ३८ जनामा एन्फ्लुएन्जा पाइएको थियो भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
तीमध्ये १४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
गत पुसमा यो रोगबाट एकजना विरामीको मृत्युसमेत भएको महाशाखाका प्रमुख डा‍‍। विवेककुमार लालले बताए। उनले भने ‘अरु बेलाभन्दा जाडो र मौसम फेरिने बेला प्रभावित हुनेको संख्या धेरै हुन्छ।’