१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात मिलाउँदै हुनुहुन्छ, होसियार ! आयो यस्तो खतरानाक रोग



अ+ अ-

काठमाडौं । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा वढी ज्वरोको साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस्। चिकित्सकहरुको सुझाब छ, ‘सकभर हात नमिलाउनुस्, नमस्कार मात्र गर्नुस्।’
श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने सक्रामक रोग सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पतालमा आउने क्रम बढेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसिरदेखि २६ पुससम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍याल परिक्षण गर्दा एक सय ३८ जनामा एन्फ्लुएन्जा पाइएको थियो भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
तीमध्ये १४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
गत पुसमा यो रोगबाट एकजना विरामीको मृत्युसमेत भएको महाशाखाका प्रमुख डा‍‍। विवेककुमार लालले बताए। उनले भने ‘अरु बेलाभन्दा जाडो र मौसम फेरिने बेला प्रभावित हुनेको संख्या धेरै हुन्छ।’