१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीविरुद्धका स्टाटस फिर्ता लिन माधव नेपालको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसीविरुद्ध स्टाटसहरु फिर्ता लिन निर्देशन दिनुभएकाे छ । । पार्टीले एमसीसीको विषयमा निर्णय गरिसकेको उल्लेख गर्दै अब त्यसका विरुद्धमा आवाज उठाउनुको अर्थ नभएको बताउनु भएकाे हाे। आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा उहाँले भन्नुभयाे , “पार्टीले एमसीसीका बारेमा निर्णय गरिसकेको छ, अब सबैले पार्टीको निर्णय मान्नुपर्छ ।”

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसीसीका बारेमा सबै अस्पष्टता हटिसकेकाले एमसीसी विरुद्धका स्टाटसहरु फिर्ता लिन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभयो । एमसीसीका बारेमा पार्टीमा केही नेताहरुको फरक मत रहेको उल्लेख गर्दै उनले पार्टीले फरक मतलाई अन्यथा नलिएको स्पष्ट पार्नुभयो  । पार्टीभित्र नेताहरुबीच विचारको भिन्नता भए पनि बाहिर बोल्दा पार्टीको धारणाबारे बोल्नुपर्ने उनको भनाइ थियो ।

उहाले कतिपय नेताहरुको स्टाटस एमसीसीका विरुद्ध आपत्तिजनक छन् भन्दै गल्ती स्वीकारेर त्यस्ता स्टाटसहरु फिर्ता लिन आग्रह गरे । उनले अराजक गतिविधि पार्टीमा छुट नहुने चेतावनीसमेत दिनुभयाे। 

यसै बीच अध्यक्ष  नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गर्नु भएको छ । अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमती भएको बताउनु भएको हो । सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उहाँले आह्वान समेत गर्नु भयो ।

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पार्नु भयो । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्तिनै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । र हाम्रो सहमती रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुप(यो ।

ठिक मूल्यांकन गर्नु प¥यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुप¥यो । त्यसको मूल्यांकन गर्नुप¥यो । त्यसपछि पारिस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुप¥यो । त्यसपछि हामीले सिटको तालमेलका लागि उपयुक्त निर्णय गर्नु प¥यो । यसका लागि सिंगो पार्टी पंक्ति अव परिचालित हुनेछ । ७७ वटै जिल्लामा, ७५३ वटै स्थानीय तहहरुमा हाम्रो उपस्थिति हुनुपर्दछ । कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रष्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ ।

यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं । राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको थियो । ती भयंकर षडयन्त्रहरुलाई हामीले विफल पा¥यौं ।’

एक्लै जित्ने अवस्था नभएपनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उहाँले स्मरण गराउनु भयो ।

फाेटाे- रासस