१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्ना बच्चा हेर्न पाँच दिन तलबी बिदा दिने



अ+ अ-

आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।

विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो ।

रोगको संक्रमणमा परेका पाँच वर्ष मुनिका बालबालिकाहरुलाई हेरचाह गर्नका लागि बिदा दिने घोषणा गरिएको उनीहरुको भनाइ छ ।

सरकारले निजी तथा सार्वजनिक संस्थाहरु तथा कम्पनीहरुलाई पनि त्यस्ता बालबालिका भएका कर्मचारीहरुलाई बिदा दिन पनि आह्वान गरेको छ ।

एशियाली देश मङ्गोलियाको राजधानी उलानबाटोरसहितका ठाउँमा वायु प्रदुषण, इन्फ्ल्युन्जा, निमोनिया र अन्य सरुवा रोगहरुबाट धेरै बालबालिकाहरु प्रभावित भएका छन् ।

राजधानीमा रहेका अस्पतालमा बालबालिकासम्बन्धी उपचार गर्ने कक्षहरुमा अहिले क्षमताभन्दा बढी बिरामी रहेका छन् ।

बिरामीहरु आउने क्रम चलिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ ।