१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सरकारको आलोचना र अरुको चरित्र हत्या गर्ने खालका कुरा सामाजिक सञ्जालमा लेख्न नपाईने



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि नियन्त्रण राख्न भन्दै सरकारले नयाँ कानुन मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार अब कानुनको खिल्लि उडाउनेलाई कठोर कारवाहीको गरिने भएको छ ।

संघीय संसदमा पेश हुन लागेको उक्त नयाँ विधेयकमा अबसामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । अब नेपालमा सामाजिक संजालकै भरमा कसैमाथि आक्षेप र दुव्यबहार गर्न नपाउने भएको छ । यसबाट के प्रष्ट भईन्छ भने अब राजनिति,सामाजिक र छिमेकसँगको सम्बन्धमा खल्ल पुग्ने खालका शब्दमा रोक लाग्ने छ ।

त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट,आक्षेप लगाउने खालको, व्यक्तिगत धारणको भरमा समाचार लेख्ने र हावादारी कुरा सम्प्रेषण गर्ने, अरुको कपी पेष्ट गर्ने तथा अनधिकृत रुपमा डोमेन सञ्चालन गर्नेलाई पनि नयाँ कानुनमा काठोर सजाय हुने भएका छ । यसबाट अनाइन समाचार पोटलमा अस्वास्थ्य समाचारको बिगबिगी कम हुने सरकारको बिश्वास रहेको छ । तर अरुको पोटलको सहकार्यमा भने समाचार सम्प्रेशन गर्न पाईने व्यबस्था गरेको छ ।

अब सामाजिक सञ्जाल तथ विद्युतीय माध्यमको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय वा दुबै हुने व्यबस्था सहितको नयाँ बिधेयक संसदमा पेश हुन लागेको हो । यसबाट समाजमा हुने कलह,झगडा,हत्या र आलोचना कम हुने सरकारी पक्षको भनाई रहेको छ ।

सरकारले नयाँ ऐन ल्याउन नसक्दा हालको लागि विद्युतीय कारोबार ऐन,२०६३ र राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश २०५८ अनुसार कारवाही गरिरहेको थियो । तर उक्त ऐन समयअनकुल परिर्वतन गर्न नसकिएका कारण पुरानो ऐनलाई खारेज गरी सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने तयारीमा छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट तयार पारिएको विधेयकमा कानुन मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषदमा पुगेको स्रोतले जनाएको छ ।