१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारमा स्थानीबासी र प्रहरीबीच झडप, शिलान्यासका लागि गएका प्रधानमन्त्री ‌ओलीबिरुद्द नाराबाजी



अ+ अ-

काठमाडौं । काठमाडौंको चोभारमा स्थानीबासी र प्रहरीबीच झडप भएको छ। सुख्खा बन्दरगाह शिलान्यासका क्रममा बिहीबार झडप भएको हो।

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको सुख्खा बन्दरगाह शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ‌ओली चोभार पुगिसकेकाथिए । प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि नै आफ्नो माग पुरा गराउनको लागि भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बिहानैदेखि अबरोध गर्ने स्थानियबासीलाई पक्राउ गरेको थियो ।

स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्‍यक नरहेको जनाएको छ । मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।