१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको कुस्मामा बस दुर्घटना,आठको मृत्यु, ३४ घाईते



अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजे दुर्घटना भएको थियो । उक्त दुर्घनामा परि पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार, उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङको कु्ँडुलेकी शान्ती केसीको मृत्यु भएको हो । मृतयु भएका एकको भने अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बस एक्कासी सडकबाट खस्दा कालीगण्डकी नदी किनारमा रहेको ढुंगामा पुगेको थियो । अहिले सम्म ३४ जना घाइते भएका छन् ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ ।