२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा आज दुई खेल हुँदै



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।  

पहिलो जितको खोजीमा रहेको एनआरटी यसअघि साविक विजेता मछिन्द्रसँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल ४ः४५ बजे सुरु हुनेछ ।

लगातार दोस्रो जितको खोजीमा रहेको मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो ।

आर्मीले पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।