५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विशेषदूत पाकिस्तानमा



अ+ अ-

इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुग्नु भएको छ । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ ।

इस्लामाबादस्थित अमेरिकी दूतावासले विशेषदूत खलिलजादले वरिष्ट पाकिस्तानी अधिकारीहरुसँग विचारविमर्श गर्ने जनाएको छ, तर विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

आफ्नो नियुक्ती भएसँगै खलिलजादले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न निकै प्रयत्न गर्नुभएको छ । यसअघि भएका भ्रमणका क्रममा उहाँले अफगानिस्तानमा छापामार युद्ध गरिरहेको तालिबानसँग खाडी राष्ट्रमा वार्ता गर्नुभएको थियो । यसपटक उहाँले मध्यपूर्वका मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन, तर उहाँले तालिबानी नेताहरुलाई पाकिस्तानमै भेट्ने सम्भावना रहेको छ ।

यदि तालिबानसँग वार्ता भए खलिलजादले काबुलसँग प्रत्यक्ष वार्ता गराउन भूमिका निर्वाह गर्नुहुनेछ । तर, तालिबानले अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडान राख्दै आएको छ ।