१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने



अ+ अ-

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।

चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ ।

यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीनदिने भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा देखिएका समस्या सुल्झाउन अर्जेन्टिनाको ब्युनस आयर्समा गतवर्षको डिसेम्बरमा सहमति भएको थियो ।

“तीन महिने व्यापार युद्धविराम” नाम दिइएको उक्त सहमति बमोजिम अमेरिका र चीन दुबैले आआफ्ना बस्तु तथा सेवामा थप करवृद्धि गरेका छैनन् ।

चिनीया वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच भएको पूर्व सहमति बमोजिम दुई मुलुकबीचको आर्थिक तथा व्यापार विषयमा गहन छलफल हुने बताउनुभयो ।

उपप्रधानमन्त्री लिउ ही अमेरिकी अर्थमन्त्री स्टीभन मनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रबर्ट लाइटीजरको निमन्त्रणामा अमेरिका जान लाग्नुभएको पनि गाओले जानकारी दिनुभयो ।

दुई मुलुकबीचको व्यापार वार्तामा कुनै समाधान नखोजिए आगामी मार्च २ तारिखदेखि करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि हुने अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ । अमेरिकाले यसअघि नै चिनीया सामानमा १० प्रतिशत करवृद्धि गरिसकेको छ ।

चीनले समेत प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा करवृद्धि गरेको छ ।