६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा आफैंले दिएको आदेश आफैंले गर्याे बदर, चौधरी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्न नपाउने



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदातलले चौधरी ग्रुपलाई मोबाइल सेवा सञ्चालन गर्न दिने आदेश परिर्वन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले चौधरी ग्रपलाई मोवाईल सेवा संचालन गर्न दिने निर्णय गरेपनि आफैंले दिएको आदेश आफैंले बदर गरेको हो।

न्यायाधीश जोशीको एकल इजलासबाट सिजी कम्युनिकेसन प्रालि (सिजी टेलिकम) लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न’ भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएका थिए।

उक्त आदेश खारेज गर्न भन्दै दूरसञ्चार प्राधिकरणले पुस २४ गते भ्याकेट निवेदन दिएको थियो।

आफ्नो कुरा राख्ने अवसर नदिइ एकतर्फि कुरा सुनेर गरिएको आदेश खारेज गर्नुपर्ने प्राधिकरणको तर्क थियो।
आधारभूत टेलिफोन सेवाको अनुमति पाएको भन्ने निवेदकको गलत तथ्यमा उभिएर उक्त आदेश गरेको भन्दै प्राधिकरणले भ्याकेट हालेको थियो।

ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न भन्दै सरकारको १ करोड १८ लाख अमेरिकी डलर अनुदान पाएको टेलिकमले ५ सय ३४ गाविसमा सेवा पुर्‍याउने दायित्व पुरा नगरी बसेको भन्दै प्राधिकरणले विगतमा कारबाही गरेको थियो।