१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीशको अर्काे फैसलाः
३३ किलो सुनकाण्डका आरोपी रिहा गर्ने पाँच न्यायाधीशमाथि कारबाही



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामा शुद्धिकरण शुरु गरेको आभास भएको छ । उनले गलत नियतले न्याय सम्पादन गर्ने न्यायाधीशमाथि पनि कारबाही थालेको देखिएको छ । उच्च अदालत विराटनगरका पाँचजना न्यायाधीशलाई उनले एकैपटक कारवाहीको प्रक्रिया शुरु गरेका छन् ।

यसअघि करिब ६ महिना अघि साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने ती विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशमाथि उनले कारबाही थालेका छन् । उनीहरुलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई यसरी एकै पटक न्याय परिषदमा तानिएको स्रोतले जनाएको छ ।

यसरी न्याय परिषदमा तानिएकाहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।

उनले प्रधान न्यायाधीशको पद सम्हाले लगत्तै न्यायाधीश उपर आउने गुनासा,टिका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए ।
आजै मात्र पनि उनले यसअघि चौधरी ग्रुपले टेलिफोन कम्पनी सञ्चालनका लागि यसअघिका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको आरोप पनि खारेज गरिदिएका छन् ।