६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीशको अर्काे फैसलाः
३३ किलो सुनकाण्डका आरोपी रिहा गर्ने पाँच न्यायाधीशमाथि कारबाही



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामा शुद्धिकरण शुरु गरेको आभास भएको छ । उनले गलत नियतले न्याय सम्पादन गर्ने न्यायाधीशमाथि पनि कारबाही थालेको देखिएको छ । उच्च अदालत विराटनगरका पाँचजना न्यायाधीशलाई उनले एकैपटक कारवाहीको प्रक्रिया शुरु गरेका छन् ।

यसअघि करिब ६ महिना अघि साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने ती विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशमाथि उनले कारबाही थालेका छन् । उनीहरुलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई यसरी एकै पटक न्याय परिषदमा तानिएको स्रोतले जनाएको छ ।

यसरी न्याय परिषदमा तानिएकाहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।

उनले प्रधान न्यायाधीशको पद सम्हाले लगत्तै न्यायाधीश उपर आउने गुनासा,टिका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए ।
आजै मात्र पनि उनले यसअघि चौधरी ग्रुपले टेलिफोन कम्पनी सञ्चालनका लागि यसअघिका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको आरोप पनि खारेज गरिदिएका छन् ।