६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतका नौ न्यायाधीशको काज सरुवा



अ+ अ-

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई बिहीबार काज सरुवा गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषदमा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो ।

यसअघि, उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नोे कार्यभार सम्हालेलगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाउनुभएको थियो । सोही अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो ।