२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा विप्रेषण ३२ प्रतिशतले बढ्याे



अ+ अ-

काठमाडाैंः चालु आर्थिक बर्षको पहिलो ५ महिनामा रेमिटेन्स आप्रवाह ३१ दशमलव ९ प्रतिशतले बढेको छ । ५ महिनामा रेमिटेन्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो बर्षको सोही अवधीमा रेमिटेन्स आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक बर्षको ५ महिनाको समिक्षाप्रतिवेदन सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृतिका आधारमा  गरी बैदेशिक रोजगारीमा जानेको संख्या भने ४० दशमलव २ प्रतिशतले घटेको जनाएको छ ।

विशेषगरी मलेसिया जाने कामदारको संख्या उल्लेख्य घटेको समिक्षा प्रतिवेदनमा उल्लेख छ । मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७ प्रतिशतमा सिमित रहेको बैंकले जनाएको छ । गत बर्षको सोही अवधीमा मुद्रास्फीति ४ दशमलव २ प्रतिशत थियो ।

शोधानान्तर घाटा ८५ अर्ब ३२ करोड पुगेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

व्यापार घाटा ३६ दशमलव १ प्रतिशतले बढेर ५ अर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । यो अवधीमा  आयात ३४ दशमलव २ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुग्यो भने निर्यात ११ दशमलव २ प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको बैंकले जनाएको छ ।

समिक्षा प्रतिवेदनअनुसार ५ महिनामा बिस्तृत मुद्राप्रदाय १९ दशमलव ४ प्रतिशतले बढेको छ ।