४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश- अध्यक्ष शेखर गोल्छा (भिडियो सहित)

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश- अध्यक्ष शेखर गोल्छा (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश भएको बताउनु भएको छ । 

आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताउनु भएको हो । अध्यक्ष गोल्छाले कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज मौद्रिक नीतिको समिक्षाले व्यवस्था गर्ने अपेक्षा थियो तर, त्यस्तो प्याकेजहरु नआउँदा नीजि क्षेत्रमा निराशा छाएको बताउनुभयो । यसले सरकारले लिएको ७ प्रतिशतको आर्थिक बृद्धिदरमा अशर पार्नसक्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो,‘मौद्रिक नीतिको समिक्षाले नीजि क्षेत्रले अहिलेको जोखिम मोल्न सक्ने नीतिको आउनु पर्ने माग गरेको थियो । तर, कोराना महामारीबाट प्रभावित उद्योग व्यवसायीको लागि मौद्रिक नीतिको समिक्षामा कुनै प्याकेज आएन् । यसरी नीजि क्षेत्रको माग सम्बोधन नहुदाँ मौद्रिक नीतिको समिक्षाबाट निजि क्षेत्र पनि निराश भएको छ । मौद्रिक नीतिको समिक्षाले सरकारले लिएको जुन ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य छ । त्यो लक्ष्यमा पूगन समेत मुस्किल पर्छ ।

अध्यक्ष गोल्छाले कोरोना महामारीले मुलुकको अर्थतन्त्र शिथिल बनाएको बताउनुभयो । तर, यति ठूलो चुनौतीको बीचमा पनि मुलुकको अर्थतन्त्र पहिले कै गतिमा ल्याउन उद्योगी ब्याबसायी सफल भएको बताउनुभयो । उहाँले नीजि क्षेत्रले ठूलो चुनौती सामाना गरेर लगानी गरेको कारण अहिले अर्थतन्त्र आधारभूत रुपमा बलियो बन्दै गएको उल्लेख गर्नु भयो । अध्यक्ष गोल्छाले नीजी क्षेत्र सरकारले सहयोग गरे कोरोना महामारीले निम्त्याएको जोखिम मोल्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि नीजि क्षेत्र चूनौती सामना गरेर अगाडी बढेको छ । मौद्रिक नीतिको समिक्षापछि नीजि क्षेत्र अझ नो रिक्स,नो गेन भनेर नै जोखिम लिदै अघि बढेको छ । जोखिम मोलेर काम गर्दा मात्रै प्रतिफल राम्रो आउँछ । जोखिमको सामना गर्न नसक्ने नीजि क्षेत्रले राम्रो प्रतिफल पाउने पनि बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्र्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्थामा पनि परिर्माजन गरको छ ।