६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियालाई फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा



अ+ अ-


काठमाडौं । नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए।

इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले ३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्।
यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्।

समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।