६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टहरु कुरामात्र गर्छन्, काम गर्दैनन्– सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टहरु कुरामात्र गर्ने तर काम नगर्ने भएकोले देशमा अहिले बेथिति भएको बताएका छन् ।
नेपाली काँग्रेस रुपन्देहीद्वारा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले भने– कम्युनिष्टहरु कुरामात्र गर्छन् काम गर्दैनन् तर काँग्रेसले भने कुरा नगरीकनै काममात्र गर्ने गर्छ । उनले देशको विकास र कानुनी शासनका लागि काँग्रेस नै चाहिने बताए ।
सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुले भाषणमात्र गरेर आस्वासनको पोको बाँड्ने गरेकाले नै अहिले देशको यो हालत भएको हो भने । उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप पनि लगाए ।
उनको भनाई थियो– यो सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको छ, यसको पछिल्लो उदाहरण वाइडबडी खरिद प्रकरण हो ।
सहमहामन्त्री डा.महतले वर्तमान सरकारको कुशासनका कारण देशमा वैदेशिक लगानी नआएको र स्वदेशमा पनि लगानीको वातावरण निर्माण हुन नसकेको बताए । नेपालमा लगानीको वातावरण नरहेको कारण नै अहिले देशमा वैदेशिक लगानी घटेको उनको भनाई थियो ।
जनतालाई झुटो आश्वासन दिएर सत्तामा पुगेका कम्युनिष्टहरुको वर्षदिनको कामले नै जनतामा व्यापक निराशा पलाएको उनको भनाई थियो । सहमहामन्त्री डा.महतले भने– कम्युनिष्टहरुको नक्कली आश्वासन जनताले बुझिसकेका छन्, अब उनीहरुको सक्कली स्वरुप देखिइसकेको छ ।
सहमहामन्त्री डा.महतले दुई तिहाइको भनिएको अहिलेको सरकारबाट जनतालाई राहत मिल्ने कुनै पनि काम हुन नसकेको बरु उल्टै नागरिकलाई करैकरले थिचेर व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने खतरा देखिएको उनको भनाई थियो । अहिले हेर्दा महंगी, हत्या हिंसा र भ्रष्टाचार नै यो सरकारको उपहार जस्तो हुन पुगेको उनको भनाई थियो ।
दशेका उद्योगी व्यावसायीहरुलाई आतंकित बनाइएको, प्रेसलाई तर्साएर आफ्नो नियन्त्रणमा राख्ने प्रयत्न गरिएको तथा देशको कर्मचारी प्रशासनलाई त्रसित बनाएर पार्टीको नियन्त्रणमा राख्ने दुष्यो सरकारले गरेको सहमहामन्त्री डा. महतको आरोप थियो ।
सो प्रशिक्षण कार्यक्रममा डा.महतले नेपाली काँग्रेसले लिएको आर्थिक नीतिको बारेमा प्रशिक्षण दिनेछन् ।