२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरमा कर तिर्न जाँदै हो ? चिया खाजाको पनि व्यवस्था गर्नुस् है !



अ+ अ-


के भरतपुर माहानगरपालिका वडा नम्बर ८ का कर्मचारीको नैतिकतामा पुरै ह्रास आएको हो ? घुस लिने त्यो पनि ९० बर्ष को बृद्ध सँग ! नेपाली जनता पाइला पाइलामा कर तिर्छन् । त्यो करबाट तलब खान्छन् महानगरका कर्मचारी । यात वडाले करदाताले कर्मचारीलाई कर तिर्ने बेलामा चिया खाजा खानदिने नियम नै बनाएको हो भने जानकारी पाउँ ।

नत्र मलाई प्रश्न सोध्न मन लाग्यो वडा नम्बर ८ का जनप्रतिनिधिलाई । सायद वडा नम्बर ८ को एकमात्र सहकारी संस्था होला रविकिरण । त्यही संस्थाको कर बुझाउने प्रसँगमा महानगरपालिकाका कर्मचारीले घुस बापत चिया खाजा लिन्छन् भने अरु सर्वसाधारणको अवस्था कस्तो होला ?

के वडामा गण्डकी टेलिभिजन या सिधा कुराको जनताले छड्के नै गर्नुपर्ने भए को हो त ? कि अन्नपूर्ण टेलिभिजन या एबिसी टेलिभिजन नै आउनुपर्ने हो या अरु पत्रकारलाई खवर गर्नुपर्ने हो ? कि भरतपुर महानगर प्रमुखलाई नै पो जानकारी गराउनुपर्ने हो कि ?

कि देशैभरि झ्याली पिटौँ त भरतपुर महानगरपालिकाको वडा नम्बर ८ का कर्मचारीले कर बुझाउन जाँदा करको दस्तुरसँगै कर्मचारीलाई चियापान र खाजाको पनि व्यवस्था गर्नुपर्नेछ भनेर !
आचार्य सन्तोषको फेसबुक वालबाट