३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवा तीन अर्ब राजश्व सङ्कलन



अ+ अ-


विराटनगर : आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले राससलाइ बताउनुभयो ।

कार्यालयका अनुसार रु तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा रु १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ ।
सङ्कलित राजश्वमा आयकर रु ९२ करोड ८३ लाख १२ हजार, बहाल कर रु पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर रु तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर रु ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क रु एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा रु दुई करोड ८२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु एक करोड नौ लाख छ हजार रहेको छ ।