२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्नेतको खण्डकाव्य सार्वजनिक



अ+ अ-

काठमाडौँ — स्रष्टा बाबा बस्नेतको नयाँ खण्डकाव्य ‘सेतो फरिया’ सार्वजनिक गरिएको छ । राजधानीमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले खण्डकाव्य लोकार्पण गरे । कथा, उपन्यास, कविता, गीत, नाटकमा समेत कलम चलाएकी बस्नेतको यो सोर्‍हौं कृति हो ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक रामप्रसाद ज्ञवालीले जीवनका विविध आयामहरूको विम्ब खण्डकाव्यमा पाइने दाबी गरे ।खण्डकाव्यमा रमाइलोसँग बाल्यकाल बिताइरहेकी ठूलीको जीवनमा उसको भाइ जन्मिएपछि आउने परिवर्तन र भाइको आगमनपछि परिवारले उनलाई गर्ने तिरस्कारको वर्णन गरिएको छ ।
त्यसैगरी विवाह पछि जँड्याहा लोग्नेसँग बस्नुपर्दाको ताडना र संघर्षका भोगाइहरू पनि खण्डकाव्यले विषय बनाएको उनले बताए । परम्परागत नेपाली समाजमा नारी चेतना सधैं दमित भएर रहनुपरेको अवस्थामा खण्डकाव्यमार्फत आफूले नारी सशक्तीकरणको आवाज उठाउन चाहेको बस्नेतले बताइन् । ‘जिन्दगीभर लोग्नेले सताउने, अनि त्यही लोग्ने मरेपछि विधवाको रूपमा समाजले सताउने क्रम चलिरहेकै छ,’ उनले भनिन्, ‘यही परिवेशलाई टिपेर खण्डकाव्य लेखेकी हुँ ।’
बस्नेतका यसअघि ‘उरालु’, ‘उन्यू फुलेपछि’, ‘गन्तव्य’ कथासंग्रह, ‘रातकी रानी’ उपन्यास, ‘जब दिन ढल्छ, चेखवा रुन्छ’ गीतसंग्रह, ‘नारी प्रश्नैप्रश्न’ निबन्ध, ‘युद्धको बाँसुरी’, ‘धर्तीको सुसेली’, ‘बालुवाको घर’ कवितासंग्रह, ‘योद्धा’ नाटकलगायतका कृति प्रकाशित छन् । ‘सेतो फरिया’ भने पाल्पा बुक्सले छापेको हो ।