२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्नेतको खण्डकाव्य सार्वजनिक



अ+ अ-

काठमाडौँ — स्रष्टा बाबा बस्नेतको नयाँ खण्डकाव्य ‘सेतो फरिया’ सार्वजनिक गरिएको छ । राजधानीमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले खण्डकाव्य लोकार्पण गरे । कथा, उपन्यास, कविता, गीत, नाटकमा समेत कलम चलाएकी बस्नेतको यो सोर्‍हौं कृति हो ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक रामप्रसाद ज्ञवालीले जीवनका विविध आयामहरूको विम्ब खण्डकाव्यमा पाइने दाबी गरे ।खण्डकाव्यमा रमाइलोसँग बाल्यकाल बिताइरहेकी ठूलीको जीवनमा उसको भाइ जन्मिएपछि आउने परिवर्तन र भाइको आगमनपछि परिवारले उनलाई गर्ने तिरस्कारको वर्णन गरिएको छ ।
त्यसैगरी विवाह पछि जँड्याहा लोग्नेसँग बस्नुपर्दाको ताडना र संघर्षका भोगाइहरू पनि खण्डकाव्यले विषय बनाएको उनले बताए । परम्परागत नेपाली समाजमा नारी चेतना सधैं दमित भएर रहनुपरेको अवस्थामा खण्डकाव्यमार्फत आफूले नारी सशक्तीकरणको आवाज उठाउन चाहेको बस्नेतले बताइन् । ‘जिन्दगीभर लोग्नेले सताउने, अनि त्यही लोग्ने मरेपछि विधवाको रूपमा समाजले सताउने क्रम चलिरहेकै छ,’ उनले भनिन्, ‘यही परिवेशलाई टिपेर खण्डकाव्य लेखेकी हुँ ।’
बस्नेतका यसअघि ‘उरालु’, ‘उन्यू फुलेपछि’, ‘गन्तव्य’ कथासंग्रह, ‘रातकी रानी’ उपन्यास, ‘जब दिन ढल्छ, चेखवा रुन्छ’ गीतसंग्रह, ‘नारी प्रश्नैप्रश्न’ निबन्ध, ‘युद्धको बाँसुरी’, ‘धर्तीको सुसेली’, ‘बालुवाको घर’ कवितासंग्रह, ‘योद्धा’ नाटकलगायतका कृति प्रकाशित छन् । ‘सेतो फरिया’ भने पाल्पा बुक्सले छापेको हो ।