२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगजनी



अ+ अ-

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सवारीसाधनमा आगजनी गरेको छ । वन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा आज विहान २ वटा सवारीसाधनमा आगजनी गरेको हो ।
सुर्खेतको सत्तरी र पश्चिम वडिचौरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । आजगनी भएको २ वटै मालवाहक ट्रक भएको समेत प्रहरीले वताएको छ । वन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
यहि पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनमा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव समुहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् ।