१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब नरगिसले वाचा गरेर पनि शम्मी कपूरलाई किस गर्न गरिन् अस्वीकार



अ+ अ-

काठमाडौँ । बलिउडमा केही जोडी सधैँ सुपरहिट रहेको छ । यस्तै एक जोडी नरगिस र राज कपूरको रहेको छ । यो जोडीले ‘बरसात’, ‘आवारा’ ‘श्री ४२०’ जस्ता कयौँ सुपरहिट फिल्म दिएको थियो । सन् १९४९ मा आएको ‘बरसात’ सुपरहिट भएपछि ‘आवारा’ मा पनि राज कपूरसँग नरगिस काम गर्न चाहन्थिन् । यद्यपि त्यतिबेला राज कपूर र नरगिसको अफेयरको खबर फैलिएपछि नरगिसले ‘आवारा’ मा काम नगरुन् भन्ने उनको परिवार चाहन्थ्यो । 

जतिबेला नरगिस ‘बरसात’ मा काम गरिरहेकी थिइन् त्यतिबेला शम्मी कपूर स्कुलमा पढ्थे । शम्मीले एकपटक नरगिसलाई अत्यन्त चिन्तित भएको देखे किनकी उनी राज कपूरसँग ‘आवारा’मा काम गर्न चाहन्थिन् तर उनको परिवार यसमा सहयोगी थिएन । त्यसपछि शम्मी कपूरले नरगिसलाई समयक्रममा उनको परिवारले यसका लागि सहमति दिनेछ र सो फिल्म गर्ने अवसर उनको हातबाट जाँदैन भनेर बताए । 

शम्मी कपूरको कुरा सुनेर नरगिस खुशी भइन् । साथै उनले यदि उनले ‘आवारा’ फिल्ममा खेल्न पाइन् भने शम्मी कपूरलाई किस गर्नेछु भनेर वाचा गरिन् । त्यसपछि फिल्म ‘आवारा’ आयो जसमा नरगिस राज कपूरसँगै देखिइन् । यो फिल्म सुपरहिट भयो । त्यति बेलासम्म शम्मी कपूरले आफ्नो कलेजको पढाइ पूरा गरिसकेका थिए र पिता पृथ्वीराज कपूरसँग थिएटरमा काम गर्न थालेका थिए । 

एक दिन शम्मी कपूरको भेट एकपटक फेरि नरगिससँग भयो । शम्मी कपूरले नरगिसलाई उनलाई किस गर्न गरेको वाचा सम्झाए । नरगिसले शम्मीलाई किस गर्न अस्वीकार गरिन् किनकी त्यतिबेला शम्मी जवान भइसकेका थिए । त्यसको सट्टामा नरगिसले शम्मी कपूरलाई केही माग्न आग्रह गरिन् । शम्मीले एउटा ग्रामोफोन मागे । त्यसपछि नरगिस र शम्मी कपूर एउटा स्टोर गए जहाँ नरगिसले शम्मीलाई एउटा ग्रामोफोन र केही रेकर्ड किनेर उपहार दिइन् ।