२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब नरगिसले वाचा गरेर पनि शम्मी कपूरलाई किस गर्न गरिन् अस्वीकार



अ+ अ-

काठमाडौँ । बलिउडमा केही जोडी सधैँ सुपरहिट रहेको छ । यस्तै एक जोडी नरगिस र राज कपूरको रहेको छ । यो जोडीले ‘बरसात’, ‘आवारा’ ‘श्री ४२०’ जस्ता कयौँ सुपरहिट फिल्म दिएको थियो । सन् १९४९ मा आएको ‘बरसात’ सुपरहिट भएपछि ‘आवारा’ मा पनि राज कपूरसँग नरगिस काम गर्न चाहन्थिन् । यद्यपि त्यतिबेला राज कपूर र नरगिसको अफेयरको खबर फैलिएपछि नरगिसले ‘आवारा’ मा काम नगरुन् भन्ने उनको परिवार चाहन्थ्यो । 

जतिबेला नरगिस ‘बरसात’ मा काम गरिरहेकी थिइन् त्यतिबेला शम्मी कपूर स्कुलमा पढ्थे । शम्मीले एकपटक नरगिसलाई अत्यन्त चिन्तित भएको देखे किनकी उनी राज कपूरसँग ‘आवारा’मा काम गर्न चाहन्थिन् तर उनको परिवार यसमा सहयोगी थिएन । त्यसपछि शम्मी कपूरले नरगिसलाई समयक्रममा उनको परिवारले यसका लागि सहमति दिनेछ र सो फिल्म गर्ने अवसर उनको हातबाट जाँदैन भनेर बताए । 

शम्मी कपूरको कुरा सुनेर नरगिस खुशी भइन् । साथै उनले यदि उनले ‘आवारा’ फिल्ममा खेल्न पाइन् भने शम्मी कपूरलाई किस गर्नेछु भनेर वाचा गरिन् । त्यसपछि फिल्म ‘आवारा’ आयो जसमा नरगिस राज कपूरसँगै देखिइन् । यो फिल्म सुपरहिट भयो । त्यति बेलासम्म शम्मी कपूरले आफ्नो कलेजको पढाइ पूरा गरिसकेका थिए र पिता पृथ्वीराज कपूरसँग थिएटरमा काम गर्न थालेका थिए । 

एक दिन शम्मी कपूरको भेट एकपटक फेरि नरगिससँग भयो । शम्मी कपूरले नरगिसलाई उनलाई किस गर्न गरेको वाचा सम्झाए । नरगिसले शम्मीलाई किस गर्न अस्वीकार गरिन् किनकी त्यतिबेला शम्मी जवान भइसकेका थिए । त्यसको सट्टामा नरगिसले शम्मी कपूरलाई केही माग्न आग्रह गरिन् । शम्मीले एउटा ग्रामोफोन मागे । त्यसपछि नरगिस र शम्मी कपूर एउटा स्टोर गए जहाँ नरगिसले शम्मीलाई एउटा ग्रामोफोन र केही रेकर्ड किनेर उपहार दिइन् ।