१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भारत सरकारको सहयोगमा दार्चुलामा दुई बिद्यालय निर्माण

भारत सरकारको सहयोगमा दार्चुलामा दुई बिद्यालय निर्माण
अ अ+ अ-

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरु उद्घाटन भएका छन् ।

भारत सरकारको ने रु.१ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवन आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गरेका छन् ।

सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दैआएको छ ।  यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेकाछन् । 

यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पु-याउनेछ । सोही दिन भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको नेरु। २ करोड ३३ लाख आर्थिक सहयोग दार्चुला जिल्लाको महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी।खम्पा, महाकाली नगरपालिका, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुद्वारा उद्घाटन गरिएको हो ।

सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो । 

भारत–नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस दुईतल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमासमेत योगदान पु¥याउनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ का रुपमा अघि बढाइएको हो । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेकाछन् । 

उल्लिखित परियोजनाका अतिरिक्त भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वस्थ्यचौकी तथा गैरसरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स र एउटा स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

यी नवनिर्मित संरचनाहरुले त्यस क्षेत्रमा पठन पाठन तथा सिकाईको वातावरणलाई थप सुदृढ बनाउनुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पु-याउने आशा गरेका छौ ।

नजिकको छिमेकीको हैसियतले भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भएका यी विद्यालय भवनहरुको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।