६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्तिवाङ–काठमाडौँ माइक्रो बस सेवा



अ+ अ-

गलकोट ।बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ ।

धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाडाँैबाट बुर्तिबाङका लागि दुई÷दुईवटा दिवा माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

‘‘अहिले हामी परीक्षण अवस्थामा छौँ’’, बागलुङ भगवती यातायात सेवाका अध्यक्ष दिलबहादुर पराजुलीले भन्नुभयो, “रुट परमिट प्रक्रियामा छ, रुट परमिट आइसकेपछि उपयुक्त भाडादर निर्धारण गरेर सेवालाई निरन्तरता दिन्छौँ ।” हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको छ ।

बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहँु खण्डको २५ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ ।