२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । 

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताउनु भयो । उहाँले उकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यो पृष्ठभूमिमा म तपाईहरु समक्ष आगामी दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही कामहरु अधुरा छन्, केही नगरी नहुने कामहरु बाँकी छन्, ती अधुरा कामहरुलाई अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरु आगामी मंसिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिहरुलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिनुभयो । आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उहाँले प्रचण्डलाई बन्दुक बोकेर जंगल पसेको धाक नलगाउन पनि चेतावनी दिनुभयो । उहाँले राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय देखेमा संविधानसभा बहिष्कार गरेर बिद्रोहको बाटोमा जानुपर्ने आवश्यक्ता हुनसक्ने बताउनु भयो । अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै आक्रोश पोखेको भन्दै गणतन्त्रमा विश्वास भए जनतासँग गएर जनमत गर्न चेतावनी दिनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘प्रचण्डजी तपाईले २०४७ सालको संविधानमा केही व्यवस्था अपरिवर्तनीय लेखेको कारणले हामी बिद्रोहमा जान बाध्य भयौँ, बन्दुक बोकेर जंगल जान बाध्य भयौँ भनेर पटक पटक भन्नु भएको छ, यदि तपाईले अहिले हाम्रा मान्यता, हिन्दु राज्य र राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय देख्नुहुन्छ भने अहिले यही ठाउँबाट मैले संविधानसभा बहिष्कार गरेर बिद्रोहको बाटोमा जानुपर्ने आवश्यक्ता हुनसक्छ । तपाईले बन्दुक चलाउन सक्नुहुन्छ भने म त सिपाहीको छोरा । बन्दुकसँगै खेल्दै हुर्केको मान्छे । मलाई बन्दुक चलाउन कसैले सिकाउनु पर्दैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई इंगित गर्दै केही आक्रोशहरु व्यक्त गर्नुभयो, मैले तत्काल त्यसको जवाफ दिएँ, सम्माननीय प्रधानमन्त्री ज्यू, अहिले राजाप्रति आक्रोश व्यक्त गर्नुपर्ने जरुरी छैन, आक्रोश होइन, जनतालाई सुशासन दिनुहोस्, विकास दिनुहोस्, यदी तपाईलाई आफ्नो गणतन्त्रमा विश्वास छ भने जनतामा गएर फैसला गरौँ, सक्नुहुन्छ ? म आज पनि भन्न चाहन्छु, नेपालमा हिन्दुराज्यसहितको राजसंस्था जनताको प्रत्यक्ष अभिमतबाट स्थापित भएको होइन, अभिलेखले देखाउँछ । यदी यी कुरामा सहमत हुनुहुन्न भने जनमत संग्रह गरौँ ।’

अध्यक्ष थापाले आगामी निर्वाचनबाट काँग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा उदाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति रुपमा स्थापित गर्दै पार्टीको वैचारिक धार बलियो बनाएपछि र चाँडो भन्दा चाँडो हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना घोषणा गर्ने आधार तय भएपछि स्वभाविक रुपले आफूले पार्टीबाट विश्राम लिने बताउनु भयो ।

सबै एकत्रित भएर काम गरे आगामी निर्वाचनमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवल समशेर नै भएकोले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गर्नुभयो । 

पशुपतिशम्शेर राणा राप्रपा अध्यक्षमा नउठ्ने