६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनको तालीममा पैसाको खोलो, शुल्क झन्डै रु तीन लाख



अ+ अ-

काठमाडौँ । ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालीममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिए ।

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना गरेको हो ।

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । चिया तथा कफी विकास बोर्डले वार्षिक ८०० मेट्रिक टन कफीको माग भए पनि यहाँ मात्र ५१३ मेट्रिक टन कफी उत्पादन हुने जानकारी दिएको छ ।

नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् आर्थिक वर्ष २०७४÷७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार आयात गरिएको थियो ।