१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुहारमा मुस्कान, आँखामा आँसु : २१ वर्षदेखि जोडिएका अमिताभ बच्चन भए भावुक



अ+ अ-

काठमाडौँ । बलिउडका ‘शहंशाह’ अमिताभ बच्चन फिल्महरुका अतिरिक्त आफ्नो रियालिटी शो ‘कौन बनेका करोडपति’ (केबीसी) लाई लिएर अत्यन्त धेरै चर्चामा रहन्छन् । यो शोसँग उनको विशेष सम्बन्ध भएरै उनी प्राय केबीसीको सेटमा आफ्नो जीवनसँग सम्बन्धित रमाइला पलहरु सुनाइरहन्छन् । २१ वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको यो शो एक हजार एपिसोड पूरा हुँदा बिग बी भावुक बने । 

केबीसीको एक हजार एपिसोड पूरा भएको खुशीमा अमिताभकी छोरी श्वेता बच्चन र नातिनी नव्या नवेली नन्दा यो शोको विशेष अतिथि बनेर पुगेका थिए । शोको प्रमोशनल भिडियो देखाइयो । जसमा अमिताभ भन्छन्, ‘आज केबीसीको १००० एपिसोड पूरा भइरहेको छ, यो विशेष एपिसोडमा हामीले परिवारका सदस्यहरुलाई सहभागी गराउने सोच्यौँ, आउनुहोस् कुरा गरौँ श्वेता बच्चन र नव्या नवेली नन्दासँग ।’

यसैबेला श्वेता बिग बीसँग भन्छिन्, ‘पापा म सोध्न चाहन्छु कि यो एक हजारौँ एपिसोडप्रति तपाइँलाई कस्तो लागिरहेको छ ?’ अमिताभ भन्छन्, ‘यस्तो लागिरहेछ कि सारा संसार परिवर्तन भएको छ ।’ यो बेला उनको आँखा भरिएको देखिन्छ । सोनी टिभीको पेजमा जारी गरिएको सो भिडियोसँगै क्याप्सनमा लेखिएको छ, ‘अनुहारको मुस्कान, आँखामा खुशीको आँसु, अत्यन्त धेरै ज्ञान र तपाइँ सबैको मायाका साथ केबीसीले पूरा गरिरहेको छ आफ्नो एक हजार एपिसोड, यो रमाइलो पलमा भावुक हुँदै अमिताभ बच्चन सर, हेर्नुहोस् यो पूरा यात्राको एक झलक, यो पूरा एपिसोडलाई हेर्न नभुल्नुहोस् ।’

प्रमोशनल भिडियोमा बलिउडका ‘शहंशाह’ आफ्नो परिवारसँग धेरै मस्ती गरिरहेको देखिन्छन् । नव्या अमिताभसँग सोध्छिन्, ‘जो यहाँ हट सिटमा आउँछ, तपाइँ उसलाई सोध्नुहुन्छ कि तपाइँले केबीसीको तयारी कसरी गर्नुभयो, आज म तपाइँलाई सोध्न चाहन्छु कि तपाइँले हाम्रो लागि के तयारी गर्नुभयो ?’ अमिताभले जवाफ दिँदै भन्छन्, ‘जिलेबीको जस्तै सोझै प्रश्न र भुलभुलैयाको जस्तै सरल ।’