१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

यी जनप्रतिनिधिले गरे सराहनीय काम

यी जनप्रतिनिधिले गरे सराहनीय काम
अ अ+ अ-

गलेश्वर । विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।

यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौँ रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्रका विद्यालय, सडक, असहाय बालबालिका, गरीब, विपन्न, शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई सहयोग गरेर सबैको मन जित्न सफल भएका छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयलाई भवन निर्माणका लागि जग्गा किन्दा लागेको रु तीन लाख ५० हजार ऋण तिरिदिनुभएको छ । त्यसका साथै जन्म दिएकी आमाले छोडेर अर्को विवाह गरेपछि असहाय बनेका हिदीका तीन जना बालबालिकाको माध्यमिक तहसम्मको शिक्षाको जिम्मासमेत लिनुभएको छ । आमाले छोडेर गएपछि असहाय बनेका हिदीका रेखा किसान, कर्ण किसान र बेलबहादुर किसानका शैक्षिक अभिभावक बन्नुभएका रोकाले उनीहरुलाई मासिकरुपमा प्रतिव्यक्ति रु पाँच हजार गरी रु १५ हजार खर्च व्यहोर्दै आउनुभएको हिदीका रामबहादुर किसानले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली काङ्ग्रेसबाट निर्वाचित रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रु ४० लाखभन्दा बढीको लगानीमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सडक निर्माण गरेर उदाहरणीय बन्नुभएको छ । निर्वाचनताका आफूले जनतासँग गरेका प्रतिबद्धता सरकारी रकमबाट मात्र पूरा हुने सम्भावना नभएपछि आफ्नो व्यक्तिगत लगानीमा आफूले गरेका प्रतिबद्धता यो २२ महीनाको अवधिमा पूरा गरेको उहाँको भनाइ रहेको छ ।

भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन् । आफूले पाउने पारिश्रमिकबाट गाउँपालिकाभित्रका गरीब, असक्त, असहाय, बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर भण्डारीले सबैको मन जित्न सफल हुनुभएको छ ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको शैक्षिक र सूचना प्रविधिका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गर्ने गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्ष भएबापत आफूले पाउने पारिश्रमिक एक रुपैयाँ पनि आफ्नो निजी खर्चका लागि प्रयोग नगर्ने सङ्कल्प गर्नुभएका अध्यक्ष पुनले अक्षयकोष नै स्थापना गरेर गाउँपालकाभित्रका विद्यालयको गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण, बालशिक्षा पढाउने शिक्षिकाको तलब, टेली एजुकेशन, सूचना प्रविधि र गरीब तथा असहाय बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गर्नुभएको गाउँपालिकाको वडा नं ६ घारका वडाध्यक्ष कृष्णबहादुर बरुवालले बताउनुभयो । पुनः पनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।