१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम्मत भए वीपी कोइरालाको नाममा रहेको राजमार्ग केपी ओली राजमार्ग नामकरण गरेर देखाउ : गच्छेदार



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुनुअघिनै कांग्रेसले बैठक अबरुद्ध गरेको हो । कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णय गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सरकारले दुई कोईराला अस्पताललाई सरकारी माताहत अन्र्तगत नखाख्ने निर्णय गरेपछि कांग्रेस आक्रोशित बनेको थियो । उसले सरकारको निर्णय खारेज गर्न दवाब दिदै आइरहेको छ ।

सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई बोल्ने समय दिएका थिए । गच्छेदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद र सुशील केइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए । तत्काल सरकारले दुई अस्पताललाई पनि केन्द्र सरकारको मातहत रहने निर्णय नगरे संसद अघि बढ्न नदिने बताएका हुन् ।

गच्छेदारले हिम्मत भए वीपी कोइरालाको नाममा बनेपादेखि बर्दिबाससम्मको राजमार्ग वीपी राजमार्गको नाम केपी ओली राजमार्ग नामकरण गर्न चुनौती दिए ।