२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम्मत भए वीपी कोइरालाको नाममा रहेको राजमार्ग केपी ओली राजमार्ग नामकरण गरेर देखाउ : गच्छेदार



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुनुअघिनै कांग्रेसले बैठक अबरुद्ध गरेको हो । कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णय गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सरकारले दुई कोईराला अस्पताललाई सरकारी माताहत अन्र्तगत नखाख्ने निर्णय गरेपछि कांग्रेस आक्रोशित बनेको थियो । उसले सरकारको निर्णय खारेज गर्न दवाब दिदै आइरहेको छ ।

सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई बोल्ने समय दिएका थिए । गच्छेदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद र सुशील केइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए । तत्काल सरकारले दुई अस्पताललाई पनि केन्द्र सरकारको मातहत रहने निर्णय नगरे संसद अघि बढ्न नदिने बताएका हुन् ।

गच्छेदारले हिम्मत भए वीपी कोइरालाको नाममा बनेपादेखि बर्दिबाससम्मको राजमार्ग वीपी राजमार्गको नाम केपी ओली राजमार्ग नामकरण गर्न चुनौती दिए ।