३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारको निर्णयमा कांग्रेस चुप नबस्ने, दुबै सदन अबरुद्ध

सरकारको निर्णयमा कांग्रेस चुप नबस्ने, दुबै सदन अबरुद्ध
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका २ पूर्वसभापतिका नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको छ । पूर्वाग्रही रूपमा सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल खारेज गर्न खोजेको आरोप सोमबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा लगाउँदै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुृर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए । कांग्रेस उपसभापतिसमेत रहेका उपनेता गच्छदारले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई सरकारमातहत ल्याउने निर्णय सरकारले नगरेसम्म सदन चल्न नदिने अडान राखेका थिए ।

‘जबसम्म सरकारले ती २ अस्पताललाई संघीय सरकारको मातहत ल्याउने गरी निर्णय गर्दैन, कांग्रेस कुनै पनि हालतमा सदन सञ्चालन गर्न दिँदैन’, उनले स्पष्ट पारे । पुस १९ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयले ११ अस्पतालसम्बन्धी प्रस्ताव पेस गरेकोमा ९ अस्पताललाई सरकार मातहत राख्ने निर्णय गरेको थियो । बाँकी २ अस्पतालबारे कुनै निर्णय भएन । पूर्वपार्टी सभापतिद्वयका नाममा खोलिएका अस्पतालबारे सरकार मौन भएपछि कांग्रेस सरकारसँग आक्रोशित भएको हो ।

‘अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठक बसिरहेको बेला मैले प्रधानमन्त्रीसँग भेटेर पार्टीका तर्फबाट यसबारे कुरा राखेको थिएँ’, सरकारप्रति निकै आक्रामक देखिएका गच्छदारले सदनमा भने, ‘प्रधानमन्त्रीले राजनीतिक व्यक्तिका नाममा खोलिएका अस्पतालमा पूर्वाग्रह रहँदैन भन्नुभएको थियो । तर के कारणले यी दुई अस्पतालबारे निर्णय हुन सकेन, नेपाल सरकारको ठूलो पूर्वाग्रह कांग्रेसप्रति देखिन्छ ।’

खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा ०७० मा गिरिजाप्रसाद श्वासप्रश्वास उपचार केन्द्र बनाउने गठनादेश भएको थियो । ०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशील कोइराला क्यान्सर अस्पतालबारे निर्णय गरेको थियो । ‘अघिल्लो प्रधानमन्त्रीले गरेको निर्णय वर्तमान सरकारले कसरी हटाउन सक्छ ? ’, उनले भने, ‘आँट छ भने वीपी राजमार्गको नाम परिवर्तन गरेर केपी ओली राजमार्ग बनाउनुस् हामी पनि हेरौंला । त्यस्तो गर्न पाइन्छ ? घोर अराजनीतिक काम गर्न पाइन्छ ? ’

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने गिरिजाप्रसाद र संविधान जारी गरेर त्यसलाई संस्थागत गर्ने सुशील कोइरालाको नामका अस्पताल खारेज गरेर सरकारले दुवैका योगदानको अवमूल्यन गर्न खोजेको उनको आरोप थियो । ‘आज त्यही व्यवस्थामा टेकेर ओली प्रधानमन्त्री बन्नुभएको छ, जुन व्यवस्थाअनुसार सार्वभौम संसद् बनेको छ, यो उहाँहरूप्रतिको मात्र अपमान होइन, यो संसद्कै अपमान हो’, उनले थपे, ‘कांग्रेसको इतिहास मेटाउन कसैले खोज्छ भने त्यो असमर्थ छ, यो धर्ती रहन्जुलेसम्म ।’ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दुई देशका प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा ती दुई अस्पताल सञ्चालनमा भारतले सघाउने समझदारी भएको सुनाउँदै उनले भने, ‘सरकारको निर्णयमा कांग्रेस चुप लागेर बस्ने ? कांग्रेस हात बाँधेर बस्ने ? ’ समाचार अन्नपूर्ण पोष्टमा छ ।