६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ए : युभेन्टस विजयी, रोनाल्डोले गर्न सकेनन् गोल



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बिजयी भएको छ ।

सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभोमाथि ३–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले समान १–१ गोल गरेका थिए ।

युभेन्टसका लागि उसका स्टार खेलाडि क्रिष्टियानो रोनाल्डोले भने कुनै चमत्कार गर्न सकेनन् । खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५औं मिनेटमा केनको गोलसँगै युभेन्टसले २–० को दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकालेको हो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।