१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ए : युभेन्टस विजयी, रोनाल्डोले गर्न सकेनन् गोल



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बिजयी भएको छ ।

सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभोमाथि ३–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले समान १–१ गोल गरेका थिए ।

युभेन्टसका लागि उसका स्टार खेलाडि क्रिष्टियानो रोनाल्डोले भने कुनै चमत्कार गर्न सकेनन् । खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५औं मिनेटमा केनको गोलसँगै युभेन्टसले २–० को दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकालेको हो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।