२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको कुम्भमेला र तमासाले एमाले बिद्रोहको पुष्टिभयो: माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताउनु भएको छ ।

सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताउनु भएको हो । उहाँले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताउनु भयो । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपालले  एमाले अधोगतितर्फ गइसकेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा बिद्रोह गरेका छौँ । नेकपा एमालेबाट बिद्रोह ग¥यौँ । किन बिद्रोह ग¥यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्ति हरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ । जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ  ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताउनु भयो । उहाँले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने बताउनु भयो । उहाँले अहिले बामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले उच्च प्रशंसा गरेको, विदेशीहरुको दलाली गर्नेहरुले उच्च प्रशंसा गरेको, त्यसबाट थाहा हुन्छ कि बास्तवमा त्यो पार्टी कुन दिशातर्फ जान खोज्दै छ । राम्रोले राम्रोलाई प्रशंसा गर्दा रहेछन्, नराम्राले नराम्रालाई नै प्रशंसा गर्दछन् । त्यसैले राम्रा राम्रसँग, नराम्रा नराम्रासँग छन्, अहिले हामी बामपन्थी, लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भएर ५ दलीय गठबन्धन बनाएका छौँ । यो मुलुकलाई, संविधानलाई क्षतविक्षत पार्न खोज्ने शक्तिबाट मुक्त गरेका छौँ । लोकतन्त्रलाई मास्न खोज्ने शक्तिहरुबाट जोगाएका छौँ । संविधानको, लोकतन्त्रको रक्षा गरेर हामीले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गरेका छौँ । हामी क्रान्तिप्रति, त्यसबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग छौँ । गम्भीर छौँ, रक्षा गर्न चाहन्छौँ । अगाडि लान चाहन्छौँ, प्रगतिको दिशामा बढाउन चाहन्छौँ ।’

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग भएको बताउनु भयो । उहाँले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने बताउनु भयो ।