१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र र आर्मीले गोलरहित बराबरी खेले



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र एफसी र उपविजेता  त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । 

यता आर्मीको भने यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्मीले २ खेलमा २ अंक जोडेको छ ।