६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस वडा अधिवेशनः सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ६ घाइते



अ+ अ-

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ । बलरा नगरपालिका–८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् । 

कांग्रेसको एउटा समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदानस्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी सहायक निरीक्षक अरुणकुमार यादव, प्रहरी हवल्दारद्वय अवधेशप्रसाद यादव र राजेश चौधरी तथा प्रहरी जवान रामानन्द यादव घाइते भएका छन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । 

गम्भीर घाइते निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरीक्षक यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल मलङ्गवा र सर्लाहीमा उपचार भइरहेको छ ।  झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ । 

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको दुई समूहबीच झडप भएको थियो । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाका दुई सय वडामध्ये आइतबार १६० भन्दा बढी वडामा सहमतिबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडामा आज मतदान प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताउनुभयो । जिल्लामा सदस्यता सम्बन्धी विवाद रहेको छ । 




भर्खरै