२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा प्रियंका, अब मार्ला कंग्रेसले छलाङ ?



अ+ अ-

नयाँदिल्ली । राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी अन्ततः पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी छन् ।

पार्टी अध्यक्ष रहेका दाइ राहुलले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए ।

पार्टी केन्द्रीय परिषद्को नयाँदिल्लीमा बसेको बैठकले उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने गरी प्रियंकालाई महासचिव बनायो । अर्को महिनादेखि उनले पद सम्हाल्नेछिन् ।

मायावती र अखिलेश यादवले नेतृत्व गरेका क्षेत्रीय गठबन्धनबाट निराश बनेको उत्तर प्रदेशको पार्टी पंक्तिमा प्रियंकाले कंग्रेसजनलाई ऊर्जा भर्ने अनुमान गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।