११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा प्रियंका, अब मार्ला कंग्रेसले छलाङ ?



अ+ अ-

नयाँदिल्ली । राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी अन्ततः पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी छन् ।

पार्टी अध्यक्ष रहेका दाइ राहुलले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए ।

पार्टी केन्द्रीय परिषद्को नयाँदिल्लीमा बसेको बैठकले उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने गरी प्रियंकालाई महासचिव बनायो । अर्को महिनादेखि उनले पद सम्हाल्नेछिन् ।

मायावती र अखिलेश यादवले नेतृत्व गरेका क्षेत्रीय गठबन्धनबाट निराश बनेको उत्तर प्रदेशको पार्टी पंक्तिमा प्रियंकाले कंग्रेसजनलाई ऊर्जा भर्ने अनुमान गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।