१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: खुल्ला तर्फ ५३ महिला प्रत्यासी निर्बिरोध, निर्बिरोध को को भए (सूची सहित)



अ+ अ-

चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी अन्तरगत महिला खुल्ला ५३ सदस्यमा मनोनयनपत्र दर्ता गरेका सबै उम्मेदवार सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५४ जनाले उम्मेदबारी दर्ता गराएको मा अर्चना गहतराजले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै जना निर्विरोध निर्वाचित  भएका हुन् ।  

यसै गरी  अन्य पदमा पनि प्रत्यासीहरु निर्बिरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित हुनु भएको छ । यसै गरी मधेसी महिला तर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव । निर्बाचित हुनु भएको छ ।

यसै गरी मुस्लिम महिला तर्फ  साजिदा खातुन सिद्धिकी ,दलित महिला तर्फ विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली ,पिछडिएको क्षेत्र महिलामा बद्मीकुमारी बोहरा निर्बाचित हुनु भएको छ । यसै गरी श्रमिकको क्षेत्र बाट खुल्लातर्फ विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ,महिला तर्फ मञ्जु कुमारी थापा मगर र सीता लामा निर्बिरोध हुनु भएको छ ।  

यसै गरी उपत्यका विशेष बाट खुला पुरुष तर्फ माधव ढुंगेल,महिला तर्फ  विनाकुमारी श्रेष्ठ ,सम्पर्क समन्वय खुलामा नरेन्द्र श्रेष्ठ निर्बिरोध हुनु भएको छ ।  यसै गरी प्रदेश तर्फ निम्न प्रत्यसीहरु निर्बिरोध हुनु भएको छ । 

प्रदेश १

महिला: उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुला:  अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिला:  कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती

महिला: पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुला: इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिला: नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुला: खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिला: मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिला: तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल