६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: खुल्ला तर्फ ५३ महिला प्रत्यासी निर्बिरोध, निर्बिरोध को को भए (सूची सहित)



अ+ अ-

चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी अन्तरगत महिला खुल्ला ५३ सदस्यमा मनोनयनपत्र दर्ता गरेका सबै उम्मेदवार सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५४ जनाले उम्मेदबारी दर्ता गराएको मा अर्चना गहतराजले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै जना निर्विरोध निर्वाचित  भएका हुन् ।  

यसै गरी  अन्य पदमा पनि प्रत्यासीहरु निर्बिरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित हुनु भएको छ । यसै गरी मधेसी महिला तर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव । निर्बाचित हुनु भएको छ ।

यसै गरी मुस्लिम महिला तर्फ  साजिदा खातुन सिद्धिकी ,दलित महिला तर्फ विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली ,पिछडिएको क्षेत्र महिलामा बद्मीकुमारी बोहरा निर्बाचित हुनु भएको छ । यसै गरी श्रमिकको क्षेत्र बाट खुल्लातर्फ विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ,महिला तर्फ मञ्जु कुमारी थापा मगर र सीता लामा निर्बिरोध हुनु भएको छ ।  

यसै गरी उपत्यका विशेष बाट खुला पुरुष तर्फ माधव ढुंगेल,महिला तर्फ  विनाकुमारी श्रेष्ठ ,सम्पर्क समन्वय खुलामा नरेन्द्र श्रेष्ठ निर्बिरोध हुनु भएको छ ।  यसै गरी प्रदेश तर्फ निम्न प्रत्यसीहरु निर्बिरोध हुनु भएको छ । 

प्रदेश १

महिला: उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुला:  अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिला:  कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती

महिला: पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुला: इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिला: नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुला: खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिला: मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिला: तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल




भर्खरै