२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटेरी आईएनजीओ, विवरण नै लुकाउँछन्



अ+ अ-

काठमाडौं । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहन्छ। तिनले परियोजना र खर्चको सबै विवरण सरकालाई बुझाउनुपर्छ।

तर, अधिकांशलेसरकारलाई विवरण नै दिँदैनन्। थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँछन् भन्ने खबर अन्नपूर्ण पोस्टमा छ।

समाजकल्याण परिषदका अनुसार नेपालका २४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले मात्र सरकालाई खर्चको जानकारी दिएका छन्। आर्थिक वर्ष २०४७र७५ मा ६२ आइएनजीओले ११ करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट दिएका छन्।

अघिल्ला वर्ष भन्दा विवरण बुझाउनेको संख्या र खर्चको आकारसमेछ घटेको छ। अर्थ मन्त्रलाले २०६९/७० देखि वैदेशिक सहायता व्यवस्थापन प्लेटफर्म तयार गरी आईएनजीओमार्फत सञ्चालन हुने परियोजना र खर्चका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यावस्था गरेको थियो। त्यसपछि जानकारी दिएर खर्च गर्नेहरुको संख्या र खर्चको आकार बढ्दै गएको अर्थ मन्त्रालयको विकास सहायता प्रतिवेदनमा उल्लेख छ।