१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले कीर्तिमानी सातौं पटक जिते बालोन डि’ओर अवार्ड



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । ३४ वर्षीय मेसीले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् ।

यो सिजन बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे ।

उनले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए । 

उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्टिय उपाधि समेत रहेको छ । साथै उनले यो सिजन ४० गोल समेत गरेका थिए ।

मेसीले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड जित्न सफल रहे ।