
काठमाडौ । नेपालले आफ्नो पहिलो एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा खराब सुरूवात गरिरहेको छ।
पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको नेपालले ५० रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ।
नेपालले चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो। उनी रन आउट भए।
यसअघि सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो।
युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन्। भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन्।
अहिले कृजमा आरिफ सेख र सोमपाल कामी रहेका छन् ।









