२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावललाई मत नहाल्न भन्दै सूची वितरण, सूची वितरण स्वाभाविक: शंकर पोखरेल



अ+ अ-

चितवन । नेकपा एमालेको महाधिवेशन अन्तरगत नेतृत्व चयनका मतदान प्रक्रिया जारी रहँदा संस्थापन पक्षबाट मत हाल्नु पर्ने र नपर्ने सूची बाँडिएको छ ।

एमालेले बनाएको निर्वाचन आचारसंहितामा समूह बनाएर उम्मेदवारी दिने र लिष्ट वितरण गर्न नपाइने उल्लेख छ । तर बन्दसत्रका समयमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको नाममा असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएकाहरुलाई मत नहाल्न भनिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको सूचीमा अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्की र भीम आचार्यलाई भोट नहाल्न भनिएको छ । सदस्यमा उम्मेदवारी दिएका  प्रदेश १ का भाष्कर काफ्ले,  नीरा खनाल, सुदूरपश्चिम प्रदेशका पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्ने चिन्ह लगाउँदै वितरण गरिएको छ ।

सनिबार बदसत्रमा अध्यक्षका प्रत्यासी भीम रावलले आफ्नो अबधारणा  पत्र बितरण गर्दा भने निर्बाचन आचार सहिंता बिपरित भएको भन्दै रोक लगाईएको थियो ।

सूचि बितरणका बारेमा टिप्पणी गर्दे नबनिर्बाचित महासचिब शंकर पोखरेलले सञ्चारकर्मीसंग  बन्दसत्रको हलमा प्रस्तुत भएको नाम बितरण गर्नु कुनै नौलो कुरा नभएको बताउनु भयो । उहाँले भन्नुभयो "पार्टीको औपचारिक प्रस्ताब हो त्यसैको प्रचार हो ,घोषित प्रस्तावको प्रक्रिया माथीको चुनौतिका रुपमा लोकतान्त्रीक बिधिको प्रयोग भै रहेको छ । "