१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडौं । संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज नै आकस्मिक पत्रकार सम्मेलन गर्दैछ।

अनसनरत डा.गोविन्द केसीसँग भएको सहमतिविपरीत विधेयक पारित भएको भन्दै कांग्रेस आफ्नो नयाँ निति तथा कार्यक्रमको बारेका जानकारी दिन आकस्मिक पत्रकार सम्मेलन डाकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको विरोधका बाबजुद आज प्रतिनिधिसभाको बैठकबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित भएको छ।