१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

काँग्रेसमा बहस : सभापतिमा पुनः देउवा नै किन ?

काँग्रेसमा बहस : सभापतिमा पुनः देउवा नै किन ?
अ अ+ अ-

करिब चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुन् या प्रचण्डले भन्ने गर्दथे– अब नेपालमा नेकपाले ५० वर्ष शासन गर्छ । उनीहरु भाषण गर्न सार्वजनिक स्थलमा उभिएलगत्तै उनीहरुको यो अभिव्यक्ति आइ नै हाल्थ्यो । किनभने उनीहरु त्यतिबेला सत्तामा करिब दुई तिहाइ बराबरको बहुमतमा थिए । यो कार्यकाल सत्तामै रहीरहन र पछिका अरु कैयौँ निर्वाचनमा नेकपा बाहेक अरु कसैको आवश्यकता उनीहरुलाई थिएन । अझबढी त ओलीलाई थियो यो घमण्ड । ओलीको त्यो घमण्ड तीन वर्ष पनि टिकेन । जसले अब देशमा कम्तीमा पनि ५० वर्ष कम्युनिष्टले शासन गर्छ भन्दैथिए, उनको त्यो घोषणासँगसँगै नेकपामा पनि भित्रभित्रै धमिरा लागिसकेको थियो । नेकपाको एकता उनीहरुले तीन वर्ष पनि टिकाउन सकेनन् । 

अहिले नेकपा फुटेको छ र उनीहरुबीच पानी बाराबारको अवस्था छ । यहाँसम्म कि एमालेको चितवनमा जारी महाधिवेशनमा स्वयं प्रचण्ड पाहुनाका रुपमा समेत पुगेनन् । आखिर त्यो अवस्थाको सिर्जना अरु कसैले गरिदिएको होइन, कारक उनीहरु नै हुन् । उनीहरुभित्रको सत्ता स्वार्थको कारण थियो पार्टीको यो बिग्रह । कुनै सैद्धान्तिक झगडा यहाँ थिएन । राजनीतिक व्यवस्थापन उनीहरुले आफ्नै पार्टीभित्र पनि गर्न सकेनन् । उनीहरुले प्राप्त गरेको जनताको मत र राजनीतिक तौललाई पार्टीभित्र समन्वय गरेर सन्तुलन गर्न सकेनन् । पार्टीमा एकले तातो रिस गरेपनि अर्काले त्यसलाई सहज रुपमा लिने र सहन गर्नसक्ने अवस्था निर्माण गर्न सकेनन् । जसका कारण पार्टी नै दुर्घटनामा पर्यो र आज नेपाली जनताले पाँच वर्षका लागि दिएको मतको अपमान गरेर आ–आफ्नो बाटोतिर लागेका छन् । चुनावका बेलामा सारा गरिदिन्छौँ, देशैभरि रेल कुदाइदिन्छौँ भनेर दिएको आस्वासनले आज उनीहरुलाई नै गिज्याइरहेको छ । 

त्यस समय अर्थात् नेकपाको सरकार रहेका बेला उनीहरु खोइ प्रतिपक्ष कहाँ छ भनेर एक किसीमले भन्नुपर्दा नेपाली काँग्रेसप्रति हिंसा नै गर्ने गर्दथे । हो, त्यस समयमा सिट संख्याका आधारमा नेपाली काँग्रेस कमजोर नै थियो । प्रमुख प्रतिपक्ष भए पनि संसदमा उसको मतअन्तर भारी नै थियो । तर अर्काे एउटा तथ्य के पनि थियो भने संसद संख्यामा कम भए पनि काँग्रेसको पपुलर भोट भने देशमा सबैभन्दा बढी थियो । त्यो कुरा भने उनीहरुले कहिल्यै स्मरण गर्दैनथे । उनीहरु मात्र संसदको सिट संख्या हेर्ने गर्दथे ।  

ओली प्रचण्डको स्वरमा स्वर थपिदिन्थे काँग्रेसकै कोइराला र पौडेलहरु पनि । पार्टीलाई यो अवस्थामा ल्याएको भनेर उनीहरुले सभापति शेरबहादुर देउवाकै आलोचना गर्दथे । संसद संख्यामा कम भए पनि देशभरि हाम्रो मतसंख्या धेरै छ भनेर उनीहरु कहिल्यै डिफेन्स् गरेनन् । अनि अर्काे कुरा देशका सबै कम्युनिष्टहरु काँग्रेसका विरुद्धमा एक भएकाले यस्तो अवस्था आएको हो भनेर उनीहरुले कहिल्यै काँग्रेसको र सभापतिको बचाउ गरेनन् । अनि त्यस्तै पार्टीभित्रै कैयौँ स्थानमा बागी उम्मेदबार दिएकाले पनि पार्टीले यो अवस्थामा हार खानुपर्यो भनेर पनि उनीहरु समिक्षा गरेनन् । निर्वाचनमा गएका बेला सारा कम्युनिष्टहरु मिलेका छन्, पार्टी एकता नै गर्ने भनेर निर्वाचनमा लागेका छन्, त्यसैले हामीले आफ्नो पार्टीभित्रको अवस्थालाई मजबुद बनाउनुपर्छ, चुनावमा बागी दिने या असहयोग गर्ने काम गर्नुहुँदैन भनेर उनीहरुले कहिल्यै भनेनन् । बरु जे जस्तो असफलता आइलाग्छ त्यो सबै देवाकै थाप्लोमा हाल्ने दाउमा उनीहरु एक भएर लागे ।   

त्यस्तो अवस्थामा पनि काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लगे । उनले धैर्य गरे र अर्काे निर्वाचनको प्रतिक्षा गर्न मात्र आग्रह गरे । उनले न कम्युनिष्टका नेताहरुले जस्तो न विपक्षी पार्टी या नेताको आलोचना गरे र नत आफ्ना विरुद्धमा विपक्षीहरुसँग स्वरमा स्वर मिलाउने काँग्रेसकै नेताहरुलाई नै कुनै जवाफ फर्काए । उनले पार्टीका हरेक बैठकहरुमा सहमति मात्र खोजे । सभापतिसँग पार्टी कमिटीहरुमा बहुमत हुन्छ नै । उनले त्यो बहुमतको प्रयोग कतै गरेनन् । पार्टीका भातृ संगठनहरुलाई पूर्णता दिनुथियो, यो उनको १३ औँ महाधिवेशनको पनि एक एजेण्डा थियो । तर त्यसका लागि पनि उनले पार्टीमा सहमति नै खोजे । सहमतिबाटै सबै काम गर्ने उनले बताए । पार्टीभित्र यति र उति प्रतिशत भनेर भाग खोजियो तर पार्टीकै पदाधिकारी या भातृ संगठनहरुमा पनि भाग लगाएर घोषणा गर्न उनी चाहेनन् । जसका कारण सोचेजति कार्य पार्टीभित्र हुन सकेन पनि होला ।

तर पनि कम्युनिष्टहरु फुटेर यो हालतमा पुगेका बेला पनि देउवाले नेपाली काँग्रेसलाई एक बनाएर राख्न सके । पार्टीभित्र सहमति र समन्वय गर्न सक्ने उनको क्षमताले नै यो सम्भव भएको हो । यतिखेर भने देशले शक्तिशाली दुई तिहाई बहुमतको ओली सरकारलाई विस्थापित गरेर तीन वर्षकै दौरानमा प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई नै खोज्यो । कम्युनिष्ट व्यवस्थाको कुशासन कुव्यवस्थाका विरुद्धमा देशले नै सरकारमा काँग्रेसको नेतृत्व खोजेको हो । उनी केही राजनीतिक दलहरुको सहयोग र समर्थनमा देशको प्रधानमन्त्री भए । यसरी तीन वर्ष अघिको त्यो अवस्थाको पार्टीलाई अहिले सरकारको नेतृत्वमा पुर्याउन देउवा सक्षम भए । यसरी पार्टीमात्र होइन कि उनी देशका समग्र राजनीतिक शक्तिहरुलाई पनि सहमति र सहकार्यको मार्गमा ल्याउन सफल भएका छन् । अहिलेका लागि नेपाली काँग्रेसलाई यो सबैभन्दा ठूलो उपलब्धि हो भन्नुपर्छ ।  

काँग्रेस यतिखेर १४ औँ महाधिवेशनको संघारमा छ । देउवामा आगामी महाधिवेशन र त्यसपछिको सरकारका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम देखिन्छ । जस्तो कि उनले आफूलाई नेपाली काँग्रेसलाई अघिल्लो संसदीय निर्वाचनमा निकै कमजोर पारेको भन्ने पौडेल पक्षको आरोपलाई अब विस्थापित गर्न चाहन्छन् । देउवा पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउन चाहन्छन् । उनले आगामी महाधिवेशनमा आफू पार्टी सभापति बन्ने र त्यसपछिको आम निर्वाचन पनि आफ्नै नेतृत्वको सरकारले गराई पार्टीलाई सबैभन्दा ठूलो र पहिलेकै अवस्थामा पुर्याउने अठोट लिएका छन् । यो वातावरण पनि उनी आफैले एक्लै निर्माण गरिसकेका छन् । जस्तो कि पहिले नेकपा एक भएर निर्वाचनमा गएकाले काँग्रेसको त्यो हालत भएकाले अहिले नेकपा तीन चिरा परिसकेको छ । उनी दुई चिराको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका छन् । सम्भवत निर्वाचनसम्म पनि यो गठबन्धनले सहकार्य गर्नसक्छ । यदि गरेन भने पनि अबको कम्तीमा पनि एउटा निर्वाचनमा माओवादी र एमाले मिलेर निर्वाचनमा जाने कुनै पनि सम्भावना छैन । त्यसैले यो वातावरण पनि देउवाले नै बनाएका छन् । 

पार्टी अहिले महाधिवेशन छ र काँग्रेस अहिले सत्तापक्ष हो । अहिले देउवाको विरोध गर्न पार्टीभित्रैबाट कस्सिएकाहरुले के कुरामा ख्याल गर्नुपर्छ भने अहिलेको बडो संवेदनशील समय र अवस्थामा काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । यो साना दुःखले आर्जेको सरकार होइन । यदि यो सरकार असफल भयो भने त्यसपछि बन्ने सरकारले देशमा संसदको निर्वाचन गराउने छ । त्यो निर्वाचन कस्तो होला भनेर पनि अहिले नै काँग्रेसीजनले सोच्दा हुन्छ । त्यसैले अर्काे एक कार्यकाल आफू नै सभापति भएर आगामी निर्वाचन सम्पन्न गराई पार्टीलाई पुरानै अवस्थामा पुर्याउँछु भन्दा देउवालाई रोक्नुपर्ने कुनै कारण देखिँदैन । त्यसैले सबै नेताहरुले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुभन्दा पनि जसरी पनि देउवालाई हराउनुपर्छ भन्ने हिसाबले महाधिवेशनको प्रचारमा ओर्लिएकाले यसले अन्ततः बेफाइदा उनीहरुलाई नै गर्नेछ । जसले आफू एक कार्यकाल मात्र पार्टी नेतृत्वमा बस्छु र पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आफूमाथि लागेको दोष मेटाउँछु भनेर लाग्छ उसलाई यो कार्यकाल दिँदा कुनै व्यक्ति विशेषलाई भन्दा पनि पार्टीलाई नै फाइदा पुग्ने देखिन्छ ।