२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगका व्यवस्थापक मृत फेला



अ+ अ-

झापा । जिल्लाको मनषा सिमेन्ट उद्योगमा एक ब्यत्ति मृत फेला परेका छन् । उद्योगका व्यवस्थापक कमल दुगड संकास्पद अवस्थामा मृत भेटिएका हुन् ।
झापाको भद्रपुर नगरपालिका – ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा हातखुट्टा बाधिएको अवस्थामा आज विहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै संकास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनुभयो ।