७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

इन्स्टाग्राम, ह्वाट्सयाप र म्यासेन्जर एकीकृत गरिने

इन्स्टाग्राम, ह्वाट्सयाप र म्यासेन्जर एकीकृत गरिने
अ+ अ-

सामाजिक सञ्जाल फेसबुकले सन्देश प्रवाहका लागि प्रयोग हुँदै आएका म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सयापलाई एकीकृत गर्ने योजना बनाएको छ । फेसबुकका अनुसार तीनवटै एप्लिकेसनहरु हालकै अवस्थामा रहनेछन् ।

तर तीनवटै एप्लिकेसनबीच सम्बन्ध स्थापित गरिने भएकाले एकबाट अर्कामा सजिलै सन्देश पठाउन सकिनेछ ।
फेसबुकका अनुसार यसका लागि प्रक्रिया सुरु गरिएको र अझै केही समय लाग्नेछ । यसबारे पहिलो पटक अमेरिकी अखबार न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । अखबारका अनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गको व्यक्तिगत योजनाअनुसार उक्त प्रक्रिया सुरु गरिएको हो ।
प्रक्रिया पूरा भएपछि फेसबुकको म्यासेन्जर प्रयोगकर्ताले सजिलैसँग प्रत्यक्ष रूपमा ह्वाट्सयाप वा इन्स्टाग्राम प्रयोगकर्तालाई सन्देश पठाउन सक्नेछन् । हाल भने यी एप्लिकेसनबीच त्यसरी सन्देश पठाउन वा प्राप्त गर्न सकिँदैन ।
न्युयोर्क टाइम्सका अनुसार तीनैवटा एप्लिकेसन एकीकृत गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो यस वर्षको अन्त्यसम्ममा सकिने जनाइएको छ । मूलत: सञ्चारका लागि प्रयोग हुने फेसबुक म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सयाप एप्लिकेसन हाल एकअर्काका निकट प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
तीनवटा एप्लिकेसनका सुविधालाई एउटैमा समावेश गर्ने काम फेसबुकको हो । त्यसो गर्दा फेसबुकलाई अन्यसँग प्रतिस्पर्धा गर्न नयाँ सुविधाहरु विकसित गर्नु नपर्ने देखिन्छ ।
फेसबुकका अनुसार यो प्रक्रियाले आफ्नो सम्भावित ग्राहकलाई सन्देश पठाउन व्यवसायीलाई एउटै मञ्च उपलब्ध गराउनेछ । त्यसका साथै फेसबुकलाई आफ्ना कपितय तथ्यांक प्रयोगकर्तासम्म पुर्‍याउन सहज तथा प्रभावकारी हुने जानकारहरुको भनाइ छ ।
फेसबुक संस्थापक जुकरबर्गले तीनवटा एप्लिकेसनका प्रयोगकर्ताले एउटा मात्रै सञ्चालन गर्दा हुने भएकाले समयको बचतसमेत हुने दाबी गरेका छन् । नयाँ सुविधा सुरु भएपछि फेसबुकले गुगल तथा एप्पलको आईम्यासेजसँग पनि प्रतिस्पर्धा गर्न सक्ने प्रविधिसम्बन्धी अनलाई द भर्जकी मकेना केलीले बताइन् ।
‘हामीले सबैभन्दा उत्तम र प्रभावकारी सन्देश प्रवाह गर्ने उपायको खोजी गरेका हौं । मानिसले सन्देश प्रवाह छिटो, सरल, भरपर्दो र सुरक्षित होस् भन्ने चाहन्छन्,’ फेसबुकले विज्ञप्तिमार्फत भनेको छ । फेसबुकले त्यस्तो एप्लिकेसन व्यवस्थित र प्रभावकारी हुन सक्छ भन्ने बृहत् छलफलपछि काम सुरु गरेको जनाएको छ ।
पछिल्ला दिनमा फेसबुकमाथि आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचना संरक्षण गर्न नसकेको आरोप लागेपछि मार्क जुकरबर्गले नयाँ योजना ल्याएको न्युयोर्क टाइम्सले दाबी गरेको छ । त्यसरी ३ एप्लिकेसनलाई एकअर्कामा लिंक गरिँदा निमयनकारी निकायलाई अर्कोबाट निरीक्षण गर्नसमेत सहज हुने बताइएको छ ।