१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण
अ अ+ अ-

काठमाडौ। कतार सरकारले कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझी मार्फत सोमवार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो । 
स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउंदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउंनुभयो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमामmीले कतार सरकारलाई धन्यवाद दिदैं भन्नुभयो, ‘’कतार सरकारले आवश्यक परेको समयमा संधै नेपाललाई सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न शुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको छ ।‘’ डाक्टर रायमाझीले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउंने बताउंनुभयो । 

कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोना विरूद्दको  खोप उपलब्ध गराएको थियो ।