• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

भाडा माझ्नेलाई यौनव्यवसायमा लगाउने एक पक्राउ



नवलपरासी । महिला कामदारलाई यौनधन्दामा लगाएको आरोपमा नवलपरासी प्रहरीले एक जना गेष्टहाउस सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१० ग्लोबल चोकको माउन्टेण्ट गेष्टहाउसका सञ्चालक किसन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

गेष्टहाउस मालिकले खाना पकाउन, भाडा माझ्ने काम गर्न भनेर ल्याएर जबरजस्ती यौनव्यवसायमा लाग्न बाध्य बनाएको र जवरजस्ति गरेको आरोप सापकोटा विरुद्ध लागेको छ ।

सापकोटामाथि मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको डीएसपी थापाले जानकारी दिए ।